२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ गायक नितेशजंग कुँवरले खुलाए सांगीतिक यात्रा छोड्नुको कारण (भिडियोसहित)

गायक नितेशजंग कुँवरले खुलाए सांगीतिक यात्रा छोड्नुको कारण (भिडियोसहित)

युवा पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरले आफ्नो सांगीतिक यात्रा छोड्नुको कारण खुलाएका छन् ।

गायक कुँवरले केहि दिन अघि फेसबुकमा स्टाटस लेख्दै आफ्नो नेपाली सांगीतिक यात्रा छोड्ने जानकारी गराएका थिए। तर, के कारणले सांगीतिक करियर छोड्नु परेको उनले कारण भने खुलाएका थिएनन् ।

एउटा ठाउँसम्म पुगेर अझ केहि गर्नु छ भनेर नेपाली संगीत यात्रा छोड्नु परेको उनले फेसबुकमा भिडियोमार्फत भनेका छन्। उनले देशलाई चिनाउनको लागि केहि राम्रो गरिएको र काममार्फत देखाउने समेत बताए ।

उनको यो कुराबाट उनी अन्तर्राष्ट्रिय गायन क्षेत्रमा केहि गर्न लागेको बुझ्न सकिन्छ । साथै आफूले सबैबाट राम्रो साथ र सहयोग पाएर यहाँसम्म पुगेकोमा उनले सबैलाई धन्यवाद समेत दिए ।

भिडियो हेरौ :

https://www.facebook.com/watch/?v=885004068712863

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार