२०८३ साउन ३० गते शनिवार | August 15, 2026

गृहपृष्ठ पत्रकारलाई सूचना विभागको पास अनिवार्य

पत्रकारलाई सूचना विभागको पास अनिवार्य

सरकारले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ।

शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो।

प्रेस कार्डको दुरूपयोग बढ्दै गएपछि उक्त निर्णय गरेको बताइएको छ।

यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पुग्ने थियो।

यसैगरी बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार