२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ मोडलिङ गर्दै रिना थापा मगरलाइ सगरमाथा बेष्ट अवार्ड

मोडलिङ गर्दै रिना थापा मगरलाइ सगरमाथा बेष्ट अवार्ड

काठमाण्डौ।

लोक गित संगितको क्षेत्रमा आवद्द कलाकारहरुले अवार्ड हात पारेका हुन्।गित संगितको पाटोमा अभिनय गर्दै दर्शक सामु चिनिदै आएकी मोडल हुन् रिना थापा मगर। धेरै भिडियोको मुख्य भुमिकामा रहेर अगाडी बढिरहेकी छन्।

यो अवार्ड कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो।राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा लोक दोहोरी अभिनय तर्फबाट उनि सम्मानित भएकी छिन्।

मोडल रिनाले यो अवार्ड हात पार्दा सफल भएको बताउछिन्।कार्यक्रमहरुमा नृत्य संगै  अभिनयमा रिना पोक्त छिन्।

रिना दर्जनौ भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । यो कार्यक्रम अर्थ नेपाल प्रालिले आयोजना गरी रसियन कल्चरमा सम्पन्न भएको हो। यो अवार्ड पाउदा मोडलिङ गर्दै जमेकी रिना थापा मगर खुसी रहेको व्यक्त गरिन्।

यो पटक ‘गोठाले दाइ’ बोलको गीतबाट रिनाले वेष्ट मोडल अवार्ड पाएकी हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार