गृहपृष्ठ मौलिकतापन बोकेको कौडा गीत ‘सुपारी काचो बाट सन्तु थापालाइ अवार्ड
मौलिकतापन बोकेको कौडा गीत ‘सुपारी काचो बाट सन्तु थापालाइ अवार्ड
सुमन ढकाल,काठमाण्डौँ।
नेपाली लोक दुनियाको सरगरमा एक होनाहार लोकप्रिय गायकको रुपमा चिनिदै अएका कलाकार हुन् सन्तु थापा। बजारमा धेरै गीत संगीतमा झुम्दै दर्शकको मन जित्दै आइरहेका छन्। लोक कौडा संगै धेरै थरिका गूत थापाका बजारमा छन्। सालैजो सोरठी पनिचेबाजा तथा दोहोरीहरु पनि देख्न सकिन्छ। केही समय अगाडी आएको कौडा गीतले थापा थप खुसी तुल्याएको छ।

गायक थापाले नवौँ म्यूजिक खबर म्यूजिक अवार्ड पार्न सफल भएका छन्। कौडा गीत “सुपारी काचों” बोलको गीतले सन्तु थापालाइ अवार्ड दिलाएको हो।गायकका थापाका ‘रेसुंङगा डाँडा’(सालैजो), ‘तम्घास बजार’ र ‘लाहुरे दाइलाई’(पन्चेबाजा), ‘आयो महाराजै’(ख्याली भाका), ‘शिरै चढाउला’(सोरठी)लगायतका गीत डिजिटल बजारमा हेर्न र सुन्न पाईन्छ ।
गायन विधाबाट थापाले अवार्ड प्राप्त गरेको हुन्। आईतबार यस कार्यक्रम सम्पन्न भएको हो। अवार्ड लिइसकेपछि सन्तु थापाले भने- सांगीतीक बजारमा मौलिकता जोगाउने गीतले यो अवार्डलाइ खुसीको रुपमा लिएको छु।
यस्तै सृजामा मौलिकता बोकेका गीत संगै संस्कृतिकको जगेर्ना गर्ने खालका गीत ल्याउनेछु। थापाले कौडा गीत “सुपारी काचों” गायन शैलीबाट अवार्ड हात पारेका हुन्।





