गृहपृष्ठ ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृ’त्यु, दुई जना घाइते
ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृ’त्यु, दुई जना घाइते
कपिलवस्तु, १४ पुस। कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृ’त्यु भएको छ । बाणगंगा नगरपालिका- १ पिपराका अनुराग पाण्डेकाे दु’र्घ’टनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्र’ह’री कार्यालय कपिलवस्तुका प्र’ह’री निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजर समेत थिए ।
बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दु’र्घ’टना भएकाे हाे । मंगलबार राति भएकाे दु’र्घ’टनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घा’इ’ते रहेका छन् ।
पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।





