गृहपृष्ठ नायिका रेखा थापाले गरिन विवाह, को हुन् श्रीमान हेर्नुहोस् ?
नायिका रेखा थापाले गरिन विवाह, को हुन् श्रीमान हेर्नुहोस् ?
काठमाडौं । नायिका रेखा थापाले विवाह बन्धनमा बाँधिएकी छिन् । उनले प्रेमी बलराम शाही ठकुरीसँग लगन गाँठो कसेकी हुन् । केही हप्ता अघि यी दुईले अदालतमा कोर्ट म्यारिज गरेका हुन् । निर्माता छवि राज ओझासँग सम्बन्ध चिसिए पछि उनी लगभग १० वर्ष सम्म एकल जीवन बिताइ रहेको थिइन् ।
जाजरकोट निवासी बलराम पेशाले पर्यटन व्यवसायी हुन् । रेखा र बलरामलाई वैवाहिक जीवनको शुभकामना । केही समय देखी मिडियामा रेखाले इन्डस्ट्रीभन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजनामा रहेको बताउँदै आइरहेकी थिइन् ।