२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ नन्दु परियार र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘सम्झी कति रुने हजुर’ गीतले दर्शकको मन जित्दै

नन्दु परियार र सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘सम्झी कति रुने हजुर’ गीतले दर्शकको मन जित्दै

इज्जत कंडेल, बुटवल । पछिल्लो समय बजारमा दैनिक रुपमा नयाँ-नयाँ गीतहरु बजारमा आइरहेका छन् ति मध्ये सफलता प्राप्त गर्ने एकादुई मात्र पर्दछन । कतिपय कलाकार त एक दुइ ओटा गीत सार्वजनिक गरेपछि बिलय नै हुन्छन यसको मुख्य कारण भनेको गीतसंगीतमा लगानी धेरै तर प्रतिफल कम पाउनु नै हो ।

यसैक्रममा पछिल्लो समय युवा पुस्ताहरुको मनमा बस्न सफल गायक, गायिका नन्दु परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा ‘सम्झी कति रुने हजुर’ सार्वजनिक भएको छ । म्युजिक भिडियो स्वाभिमान क्रियशन युट्युब च्यानल मार्फत् सार्वजनिक भएको हो । सार्बजनिक गीतको शब्द तथा संगीत अनिश दवाडीले गरेका छन् ।

राजु महोत्रा र मिरा महोत्राको अभिनय रहेको गीतलाई विनोद बजुरालीले एरेन्ज गरेका हुन । गीतको सिनेमेटोग्राफी करण चैसिरले गरेका छन् । त्यसैगरी, विकास ज्ञवाली र ईश्वर बाबुको सम्पादन रहेको भिडियोको रवि अधिकारीले उत्पादन गरेका हुन् ।

पुरा भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार