२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ मौसम अपडेट : देशभर आज यस्तो रहनेछ मौसम

मौसम अपडेट : देशभर आज यस्तो रहनेछ मौसम

काठमाडौँ । भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा पनि परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ।

यी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार पनि यी तीनै प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार