२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ सैनामैनामा जारी डान्सिङ एण्ड मोडलिङ स्टार 2022 काे पहिलो र दोस्रो चरणको अडिसन सम्पन्न

सैनामैनामा जारी डान्सिङ एण्ड मोडलिङ स्टार 2022 काे पहिलो र दोस्रो चरणको अडिसन सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैनामा डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ संचालन भएको छ । सैनामैना नगरपालिका भित्रका सबै पर्यटकीय स्थलको प्रचार प्रसार र सुन्दर सैनामैना बनाउने उद्देश्यले आयोजना भएको यस कार्यक्रम सैनामैनाको मुर्गियामा अवस्थित ग्लोबल पार्टी प्यालेसमा संचालन भईरहेको छ।

सैनामैना डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ काे पहिलो चरणको अडिसन यही जेठ ७ गते सैनामैना -२ मुर्गिया ग्लोबल पार्टी प्यालेसमा सम्पन्न भएको थियोे। मोडलिङ् तर्फ सहभागी १३ जना मध्य ११ जना र डान्सिङ् तर्फ सहभागी ४२ जना मध्य ३६ जना बाकि चरणका लागि छनौट हुन सफल भएका हुन् ।

कार्यक्रमकाे दोस्रो चरणको अडिसन जेठ १० गते मंगलबारका दिन सम्पन्न भएको छ। जेठ ११ गतेबाट निरन्तर मोडलिङ(सुन्दरता) प्रतियोगिताका लागि तालिम संचालन हुने र डान्सिङ् प्रतियोगिताको मेगा अडिसन राउन्ड भने यहि आउदो १४ गते हुने कार्यक्रमका प्रमुख साहिर के.सी.ले जानकारी दिए। उक्त कार्यक्रममा विजेताले रु.५१,१११/- , दोश्रो स्थान हासिल गर्नेले रु.३१,१११/-, त्यस्तै तृतीय स्थान हासिल गर्नेले रु.१६,१११/- प्राप्त गर्नेछन् । एस.के स्टाईल क्रियशनको आयोजनामा हुन गईरहेको उक्त कार्यक्रमको संयोजकत्व गोकुल न्यौपानेले गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार