२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ चर्चित गायिका रचना रिमालको स्वर रहेको “सलाई” गीतले दर्शक श्रोताको मन जित्दै (भिडियोसहित)

चर्चित गायिका रचना रिमालको स्वर रहेको “सलाई” गीतले दर्शक श्रोताको मन जित्दै (भिडियोसहित)

बुटवल । डा. बिष्णु मुर्ती भट्टराईको शब्द, चर्चित गायिका रचना रिमालको कर्णप्रिय आवाज र श्रीधर अधिकारीको सुमधुर संगीतमा आएको आधुनिक गीत ‘सलाई’ ले बजारमा चौतर्फी तारिफ पाएको छ । गीतको भिडियोमा पनि गायिका रचना रिमाललाई नै देख्न सकिन्छ। उक्त गीत “सलाई” गीतका सङितकार श्रीधर अधिकारीकै निर्देशनमा बनेको छ भने गीतको छायांकन राम के.सी.को रहेको छ भने सम्पादन अमृत चापागाईंको रहेको छ।

पेशाले सल्यचिकित्सक डा.बिष्णु मुर्ती भट्टराईको विशेष रुचि गीत लेखनमा भएपनि पछिल्लो समय आफ्नो केहि रचनामा आफै अभिनय पनि गर्दै आएका छ्न। केहि समय अघि मात्र उनकै रचनामा ‘मेरो तस्बिर’ गीत बजारमा आएको थियो जुन गीतले स्रोता दर्शकको निकै राम्रो माया पाइरहेको छ। मेरो तस्बिर गीत फिमेल भर्सनमा रचना रिमाल र मेल भर्सनमा कृष्ण मुर्ती भट्टराईको स्वर अनि श्रीधर अधिकारीकै संगीतमा बजारमा आएको थियो जुन गीत टीकटकमा निकै नै रुचाइएको थियो। ‘सलाई’ गीत गीतकार भट्टराईको आफ्नै Official YouTube Channel Dr. Bishnu Murti Bhattarai बाट बजारमा आएको छ। गीत निकै नै मार्मिक र सुमधुर रहेकोले ‘सलाई’ गीतले सफलता प्राप्त गर्ने प्रति निकै आशावादी रहेको बताएको छ । गीत सफलताको सम्पूर्ण टिमलाइ धेरै शुभकामना ।

हेर्नुहोस् गीतको पुरा भिडियो : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार