२०८० फागुन ९ गते बुधवार | February 21, 2024

गृहपृष्ठ विना राउत र सरोज प्रजाको फिचरिङमा “चाहना बढ्दै गो” गीत सार्वजनिक

विना राउत र सरोज प्रजाको फिचरिङमा “चाहना बढ्दै गो” गीत सार्वजनिक

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत “चाहना बढ्दै गो” सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरेका छन । सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार