२०८१ माघ २४ गते बिहीवार | February 06, 2025

गृहपृष्ठ नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुने

नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे हुने फाइनलमा उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणमा ८ खेलमा ३ मा जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो । धनगढी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो । ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलमा पुगेको हो । यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३–० गोलले पराजित हुदै बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार