२०८० मंसिर २१ गते बिहीवार | December 07, 2023

गृहपृष्ठ चलचित्र “फूलबारी”मा फरक भूमिकामा विपीन कार्की, यस्तो छ उनको स्वरुप

चलचित्र “फूलबारी”मा फरक भूमिकामा विपीन कार्की, यस्तो छ उनको स्वरुप

काठमाडौं । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उहाँले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् । उनले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गरेका छन् । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव पनि स्वीकार गरेका थिए । यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमानकै भूमिकमा ल्याउनुभयो । उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गर्नुभयो ।

फिल्ममा कार्की अवकाश प्राप्त शिक्षकको भूमिकामा रहेका छन् । उनि आफ्नो वास्तविक उमेरभन्दा बढी देखिएका छन । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । “म चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । मैले सहजै भूमिका स्वीकार्ने गर्छु”, अभिनेता कार्कीले भने, “निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिन । यद्यपि म भने फरकरुपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।” उक्त फिल्ममा दयाहङ राईको समेत अभिभावक बन्नुभएको छ । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उनको गुनासो छ ।

अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन् । “हामीले केही फिल्ममा सँगै काम गरेका छौँ । उनको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ”, अभिनेता राईले भन्नुभयो ।अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गरेका छन । राई र कार्की दुई अभिनित पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार