२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टी

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टी

रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दो लक्षण देखिएपछि पिसिआर चेक गराउदा कोरोना पोजेटिभ देखिएको उनले फेसबुकबाट जानकारी गराएका हुन् । सोमबार स्वास्थ्यमा समस्या आएपछि पिसिआर जांच गराएका नगरप्रमुख घिमिरेको मंगलवार पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएसंगै उनी सेल्फ आइसोलेसनमा बसेका छन् । नगर प्रमुख घिमिरेले केही दिन यता सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिए स्वाथ्य परिक्षण गर्न आग्रह समेतत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार