२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

यो पनि

रुपन्देहीमा कोरोना संक्रमितले गरे आत्महत्या

रुपन्देहीको सैनामैनामा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ बनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालको शौचालयमा शनिबार बिहान ४० वर्षीय संक्रमितले आत्महत्या गरेका हुन् ।

वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्टाफ नर्स सिता बस्नेतले बताइन् । शव देखेपछि प्रहरीलाई खबर गरेको उनले बताइन् । ४० शैयाको उक्त अस्पतालमा १२ संक्रमित उपचाारत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार