२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ मोटरसाइकललाई कारले ठक्कर दिंदा एकजनाको मृत्यु

मोटरसाइकललाई कारले ठक्कर दिंदा एकजनाको मृत्यु

हेटौंडामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा भएको दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्लाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पथलैया–हेटौंडा सडकखण्डको रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई रातोमाटेतर्फ जाँदै गरेको बा ८ च २९५३ नम्बरको कारले ठक्कर दिंदा घाइते भएका शुक्लाको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नवलपरासी पूर्वको कावासोती नगरपालिकाकी ३३ वर्षीया ज्योति अर्याल घाइते भएकी छन् ।

उनको अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनापछि फरार भएका कार चालकको खोजी भइरहेको छ भने कार प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार