२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ आईपीएल -विलियम्सन हैदरावादको कप्तान नियुक्त

आईपीएल -विलियम्सन हैदरावादको कप्तान नियुक्त

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टिम सनराइजर्स हैदरावादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ ।

हैदरावादले शनिबार विलियम्सनलाई कप्तान चयन गरिएको जनाएको छ ।

विलियम्सन जारी सिजन भरका लागि कप्तान चयन भएका हुन् ।

हैदरावादले डेभिड वार्नरबाट कप्तानी खोस्दै विलियम्सनलाई जिम्मेवारी दिएको हो ।

यस सिजन हैदरावादले खराब प्रदर्शन गरिरहेको छ ।

हैदरावादले ६ खेलमा ५ हार व्यहोरेको छ ।

हैदरावाद १ खेलमा जितसहित २ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार