गृहपृष्ठ हेर्नुहोसआज बुधबार कुन जिल्लामा कति संक्रमित थपिए ?
हेर्नुहोसआज बुधबार कुन जिल्लामा कति संक्रमित थपिए ?
नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ । गत २४ घण्टामा मात्र ८ हजार ६ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को इलाममा ११, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ६, झापामा २६९, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २०, पाँचथरमा १, भोजपुरमा ५, मोरङमा २०६, संखुवासभामा ९, सुनसरीमा १०७ र सोलुखुम्बुमा ७ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा १४७, पर्सा १५२, बारामा ४६, महोत्तरीमा ५५, रौतहटमा २८, सप्तरीमा १६, सर्लाहीमा २१ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ८ सय ४९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा ९६, चितवनमा २१३, दोलखामा १२, धादिङमा ५४, नुवाकोटमा ११२, भक्तपुरमा ४५८, मकवानपुरमा १०५, रसुवामा १९, रामेछापमा १३, ललितपुरमा ५१८, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ५५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८४, गोरखामा २८, तनहुँमा ६३, नवलपरासी पूर्वमा ३९, पर्वतमा १८, मुस्ताङमा २, म्याग्दीमा ३०, लमजुङमा १०, बागलुङमा ८ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३८, कपिलवस्तुमा २४, गुल्मीमा १९, दाङमा २६३, नवलपरासीमा ४४, पाल्पामा ११५, प्युठानमा ४, बर्दियामा ४७, बाँकेमा ५९१, रुकुम पूर्वमा २, रुपन्देहीमा ६८० र रोल्पामा ३ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा ६, दैलेखमा ३४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १५४ जनामा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा १४०, कैलालीमा १४५, डडेल्धुरामा १०, डोटीमा ४०, बझाङमा ३ र बैतडीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।





