गृहपृष्ठ नेपालमा आज कुन उमेरका कति संक्रमित हेर्नुहोस
नेपालमा आज कुन उमेरका कति संक्रमित हेर्नुहोस
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ६५९ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका २१३ जना र १० देखि १९ वर्षका ५२४ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका २ हजार ५१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार १०३ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ५५३, ५० देखि ५९ वर्षका १ हजार १७३ जना, ६० देखि ६९ का ५९० जना छन् ।
त्यस्तै, ७० देखि ७९ का २३७ जना, ८० देखि ८९ का ८६ जना, ९० देखि १०० वर्ष उमेरका ९ जना र उमेर नखुलेका ६६ जना छन् । अहिले देशभर ६०० जना आईसीयूमा र १५६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





