गृहपृष्ठ नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ९ हजार ७० जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका २२९ जना र १० देखि १९ वर्षका ५८८ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका २ हजार १९३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार २३४ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ५६९, ५० देखि ५९ वर्षका १ हजार १६८ जना, ६० देखि ६९ का ५८० जना छन् ।
त्यस्तै, ७० देखि ७९ का २६८ जना, ८० देखि ८९ का ८४ जना, ९० देखि १०० वर्ष उमेरका १४ जना र उमेर नखुलेका ४३ जना छन् । अहिले देशभर ६४२ जना आईसीयूमा र २०१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






