गृहपृष्ठ नेपालमा एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि, ५४ जनाले गुमाए ज्यान
नेपालमा एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि, ५४ जनाले गुमाए ज्यान
पछिल्लो २४ घन्टामा देशभर ९ हजार ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको सख्या ३ लाख ६८ हजार ५ सय ८० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ३६७ पिसिआर र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय ६१ पुगेको छ । हालसम्म २ लाख ९२ हजार ४ सय ९० संक्रमित निको भइसकेका छन् । देशभर ३१४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५४ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।






