२०८३ साउन १४ गते बिहीवार | July 30, 2026

गृहपृष्ठ नेपाल कोरोना संक्रमितको हिसाबले कति औं स्थानमा पुग्यो ?

नेपाल कोरोना संक्रमितको हिसाबले कति औं स्थानमा पुग्यो ?

कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १५ करोड ६१ लाखभन्दा बढी छ भने ३२ लाख ६० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड ३३ लाख २६ हजार ३ सय ६२ जना संक्रमित भएकोमा ५ लाख ९३ हजार २ सय ४४ जनाको ज्यान गएको छ ।

कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड १२ लाख ५५ हजार १ सय २५ पुगेको छ । भारतमा ज्यान गुमाउनेको संख्या २ लाख ३१ हजार ५ सय ४२ पुगेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ४९ लाख ३६ हजार ४ सय ६४ पुगेको छ भने ज्यान गुमाउनेको ४ लाख १४ हजार ६ सय ४५ रहेको छ ।

यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो, तर्की पाँचौँ, रुस छैठौँ, बेलायत सातौँ, इटाली आठौँ, स्पेन नवौँ र जर्मनी दशौँ स्थानमा रहेको छ ।

वर्ल्डोमिटरको तथ्या‌क अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ४७ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ भने ३ हजार ५ सय २९ जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार