२०८३ साउन १४ गते बिहीवार | July 30, 2026

गृहपृष्ठ म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा

म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ को जित निकाल्दै युनाईटेड फाइनल पुगेको हो ।

इटालियन क्लब रोमाको मैदानमा पराजित भएपनि युनाईटेडले पहिलो लेगमा निकालेको ६-२ को जितको कारण फाइनल यात्रा तय गरेको हो ।

दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे ।

युनाईटेडका एडिन्सन काभानीले दुई गोल फर्काएपनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए ।

Image

खेलको ३९ औं मिनेटमा काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

तर,५७ औं मिनेटमा डेज्कोले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६० औं मिनेटमा ब्रायनले गोल गर्दै रोमालाई २-१ को अग्रता दिलाए ।

६८ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

तर, खेलको ८३ औं मिनेटमा एलेक्सले आत्मघाती गोल गरेपछि रोमाले ३-२ को जित निकाल्यो ।

Image

यससँगै युनाईटेड ओले गुनार सोल्सायरको नेतृत्वमा पहिलो पटक कुनैपनि प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।

अब युनाईटेडले फाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।

भिल्ला रियलले आर्सनललाई समग्रमा २-१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ ।

फाइनल खेल मे २६ मा हुनेछ ।

युनाईटेडले पछिल्लो पटक सन् २०१७ मा युरोपा लिग जितेको थियो ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार