२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ नेपालमा आज कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा आज कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ४१८ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १९५ जना र १० देखि १९ वर्षका ५६१ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ९२० जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार २५ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ५४०, ५० देखि ५९ वर्षका १ हजार ११८ जना, ६० देखि ६९ का ५७० जना छन् ।

त्यस्तै, ७० देखि ७९ का २१८ जना, ८० देखि ७८ का ८१ जना, ९० देखि १०० वर्ष उमेरका १४ जना र उमेर नखुलेका ४८ जना छन् । अहिले देशभर ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार