गृहपृष्ठ आज नेपालमा कुन जिल्लामा कति संक्रमित हेर्नुहोस पुरा विवरण
आज नेपालमा कुन जिल्लामा कति संक्रमित हेर्नुहोस पुरा विवरण
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १०, उदयपुरमा ५५, ओखलढुंगामा १३, खोटाङमा ६, झापामा १५४, ताप्लेजुङमा ३६, तेह्रथुममा ३१, धनकुटामा १, पाँचथर ७, भोजपुरमा ३, मोरङमा ३९९, संखुवासभामा ६ र सुनसरी ९४ जनामा कोरोना भेटिएको छ ।
यसैगरी प्रदेश २ को धनुषामा १४४, पर्सामा १४६, बारामा ४०, महोत्तरीमा ८९, रौतहटमा ७७, सप्तरीमा १५, सर्लाहीमा १८ र सिरहामा २४ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७७५ जनामा कोरोना भेटिएको छ ।
काभ्रेमा १२७, चितवनमा ३९२, दोलखामा ६, धादिङमा ७०, नुवाकोटमा २३, भक्तपुरमा ३२७, मकवानपुरमा २३८, रसुवामा ८, रामेछापमा १७, ललितपुरमा ५०५, सिन्धुपाल्चोकमा १६ र सिन्धुली १६ जनामा कोरोना पुष्टि भएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४७३, गोरखामा ६२, तनहुँमा ३९, नवलपरासी पूर्वमा ८३, पर्वत ३७, मनाङ २, म्याग्दी २१, लमजुङमा २४, बागलुङमा ४ र स्याङजामा २८ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ११५, गुल्मीमा २६, दाङमा २४६, नवलपरासीमा ७६, पाल्पामा १०८, प्यूठानमा ४, बर्दियाका १४४, बाँकेमा २९५, रुपन्देहीमा ५३० र रोल्पामा ८ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्ला ९, डोल्पा ३, दैलेखमा २९, रुकुम पश्चिममा १, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा ७३, कञ्चनपुरमा ३९५, कैलालीमा ३४०, डडेल्धुरामा ३८, दार्चुला १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।





