गृहपृष्ठ नेपालमा आज शनिबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा आज शनिबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार १६७ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १७८ जना र १० देखि १९ वर्षका ५०५ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका १ हजार ७४९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ९२७ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ४५६, ५० देखि ५९ वर्षका १ हजार १४८ जना, ६० देखि ६९ का ६२७ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का २८२ जना, ८० देखि ८९ का ९८ जना, ९० देखि १०० वर्ष उमेरका १९ जना र उमेर नखुलेका ५७ जना छन् । अहिले देशभर १ हजार ३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि
आज शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । गत २४ घण्टामा मात्र ८ हजार १ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित छन् ।
प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ३, झापामा १७३, ताप्लेजुङमा १२, तेह्रथुममा १९, पाँचथरमा १, भोजपुरमा १२, मोरङमा ३५४, संखुवासभामा १, सुनसरीमा ९९ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा ११८, पर्सा १०४, बारामा २९, महोत्तरीमा ७१, रौतहटमा १२, सप्तरीमा ५८, सर्लाहीमा १५ र सिरहामा ४३ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार १ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा ७०, चितवनमा १९, दोलखामा ६, धादिङमा ३८, नुवाकोटमा ७९, भक्तपुरमा ३४७, मकवानपुरमा १९८, रसुवामा ५, रामेछापमा ५८, ललितपुरमा ४४४, सिन्धुपाल्चोकमा ३४ र सिन्धुलीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २९३, गोरखामा ५९, तनहुँमा ८०, नवलपरासी पूर्वमा ३, पर्वतमा २, म्याग्दीमा १०३, लमजुङमा ३, बागलुङमा ११ र स्याङजामा ३२ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा ३५, गुल्मीमा १३, दाङमा २७५, नवलपरासीमा ४४, पाल्पामा ७३, प्युठानमा ५, बर्दियामा २७८, बाँकेमा ५०५, रुकुम पूर्वमा ३, रुपन्देहीमा ४९५ र रोल्पामा ३१ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ५, जुम्लामा ३, दैलेखमा १, रुकुम पश्चिमा १, सल्यानमा १५ र सुर्खेतमा १८५ जनामा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १८४, कैलालीमा ४४३, डडेल्धुरामा ३८, डोटीमा ६२, दार्चुलामा २, बझाङमा १ र बैतडीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।





