२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ हेर्नुहोस यी ३५ जिल्लामा पुगे पाँच सय भन्दा बढी संक्रिय संक्रमित

हेर्नुहोस यी ३५ जिल्लामा पुगे पाँच सय भन्दा बढी संक्रिय संक्रमित

नेपालका ३५ जिल्लामा पाँच सयभन्दा बढी र १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को बारा, पर्सा, रौतहट, धनुषा र महोत्तरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशको कास्की, तनहुँ, नवलपरासी ९पूर्व० र गोरखा, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, अर्घाखाँची, रुपन्देही, नवलपरासी ९पश्चिम० र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर, अछाम र बैतडीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन् । त्यसैगरी, देशभर ६७५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, प्रदेश १ को ताप्लेजुङ, प्रदेश २ को सलार्ही, सिराहा र सप्तरी, बागमती प्रदेशको रामेछाप, दोलखा र रसुवा, गण्डकी प्रदेशको म्याग्दी, लमजुङ, स्याङ्जा, पर्वत र लुम्बिनी प्रदेशको गुल्मी र रोल्पामा दुई सय बढी संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशको जाजरकोट, दैलेख र सल्यान, सुदुरपश्चिम प्रदेशको डडेलधुरा र डोटीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, १३३१ जना आइसीयू र ३७० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार