२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ कोरोना संक्रमणबाट एमाले नेता शंकरले गुमाए ज्यान

कोरोना संक्रमणबाट एमाले नेता शंकरले गुमाए ज्यान

इलामका एमाले नेता नवराज शङ्करको उपचारका क्रममा मोरङको विराट शिक्षण अस्पतालमा ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शनिबार राति निधन भएको विराट शिक्षण अस्पतालले जनाएको छ ।

एक साताअघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

यो पनि

नेपालमा कहिले घट्ला कोरोना संक्रमण ? यसो भन्छन् विज्ञ

भारतमा कोभिड १९ को दोस्रो लहर तीव्ररूपमा बढ्न थालेपछि त्यसको असर नेपालमा पनि पर्ने त निश्चित नै थियो । सरकार र आम नागरिक अघिल्लो पटकजस्तै त होला नि भन्ने सोचमा थिए । तर, यसपटकको नयाँ भेरियन्टको कोरोना संक्रमण दर तीब्र मात्रै भएन, मृतकको सङ्ख्या पनि अत्यधिक बढ्न थालेको छ ।

सरकारले उपत्यकामा निषेधाज्ञा सुरु गर्नुभन्दा एक साता अघिसम्म २ हजार ४२८ जना संक्रमित भई जम्मा ५ जनाको मृत्यु भएकोमा निषेधाज्ञाको १२ औं दिन अर्थात् वैशाख २७ गते ९ हजार २७१ जना संक्रमित बने भने १३९ जनाले ज्यान गुमाएका छन् ।

संक्रमणबाट छटपटाइरहेका आम मानिसमा चिन्ता र जिज्ञासा छ, संक्रमण र मृत्युको यो दर कहिलेसम्म बढ्ला रु काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लगाएको दुई हप्ता बित्दा पनि किन संक्रमण र मृत्युदर किन नघटेको होला रु संक्रमणको उच्चविन्दू कुन हो र कहिलेदेखि ओरालो लाग्ला ? यो प्रश्नमा विज्ञले केही गुड न्युज सुनाएका छन् । अर्थात् संक्रमण उच्च विन्दूमा पुगिसकेको र अब केही दिनदेखि नै ओरालो लाग्न थाल्ने विज्ञको दाबी छ । कोरोना संक्रमणको उच्च विन्दु कुन हो र कहिले यो ओरालो लाग्छ भन्नेबारे विज्ञको कुरा सुन्नु पूर्व बैशाखगतेदेखि बढेको संक्रमण र मृत्युदरको विश्लेषण गरौं–

निषेधाज्ञा अघिको पहिलो साताको तथ्यांक

गएको १९ दिनको तथ्यांक केलाउने हो भने बैशाख २४ गते अघिल्लो दिनको तुलनामा केही कम संक्रमित भेटिए पनि वैशाख ९ गतेदेखि नै प्रत्येक दिन कोरोना संक्रमितको सङ्ख्यामा लगातार वृद्धि भइरहेको छ ।

निषेधाज्ञा हुनुभन्दा एक साताअघि अर्थात् वैशाख ९ गते २ हजार ४२८ जना संक्रमित भएकोमा त्यसको भोलिपल्ट अर्थात् वैशाख १० गते २ हजार ५५९ जना संक्रमित बनेका थिए ।
त्यसैगरी वैशाख ११ गते २६१९ जना, वैशाख १२ गते ३१२२ जना, १३ गते ३५५६ जना, १४ गते ४५२४ जना र वैशाख १५ गते ४८९७ जना कोरोनाबाट संक्रमित बनेका थिए ।

निषेधाज्ञा शुरु भएको दिन अर्थात बैशाख १६ गते ४ हजार ९२८ जना संक्रमित बनेका थिए भने सो दिन ३५ जनाले ज्यान गुमाएका थिए । जबकि वैशाख १५ गते १७ जनाले मात्रै कोरोनाका कारण ज्यान गुमाएका थिए ।

निषेधाज्ञा घोषणा हुन थालेपछि

निषेधाज्ञापछि झन् तीव्रगतिमा फैलिएको कोरोनाले वैशाख १९ मा आइपुग्दा ७ हजार २११ जनालाई संक्रमित बनायो । त्यसैगरी वैशाख २२ मा आइपुग्दा एकैदिन संक्रमितको सङ्ख्या ८ हजार ६५९ जना पुग्यो भने ५८ जनाको ज्यान गयो ।

वैशाख २६ गते एकैदिन ८ हजार ८५० जना संक्रमित बन्दा ८८ जनाले ज्यान गुमाए । बैशाख २७ गते ९ हजार २७१ जना संक्रमित बन्दा मृतकको सङ्ख्या १३९ जना पुगेको छ ।

वैशाख २५ गते संक्रमितको सङ्ख्या घटेको दाबी गरिए पनि उक्त दिन परीक्षण पनि कम नै गरिएको थियो । बैशाख २४ गते २० हजार ४८२ जनाको परीक्षण गर्दा ९ हजार १९६ जना संक्रमित बनेका थिए । जबकि, वैशाख २५ गते १८ हजार ३०४ जनाको मात्रै परीक्षण गर्दा ८ हजार ४१८ जना संक्रमित देखिएका थिए ।
वैशाख २४ मा ५० जनाको मृत्यु भएकामा वैशाख २५ गते भने ५३ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । बैशाख २७ मा ज्यान गुमाउनेको संख्या बढेर १३९ पुग्यो ।

तथ्यांकले के देखाउँछ भने निषेधाज्ञापछि पनि संक्रमितको संख्यामा कुनै कमी आएको छैन । सामान्यतः निषेधाज्ञा सुरु भएको बढीमा १० दिनपछि संक्रमितको संख्यामा कमी आउनुपथ्र्यो । तर, यसपटक निषेधाज्ञा सुरु भएको १२ दिनसम्म पनि संक्रमितको सङ्ख्यामा कमी आएन । बरु लक्षण देखिएका बिरामीहरुको संख्या धमाधम बढ्न थालेको छ र मृतकको संख्या पनि बढिरहेको छ ।
पीसीआर टेष्ट गरे पनि अस्पतालमा उपचारका लागि स्थान नभएको भन्दै अहिले धेरैले पीसीआर परीक्षण नै गराउनै छाडेका छन् ।

सगरमाथामा पुग्यो, अब माथि जाने ठाउँ छैन : विज्ञ

नेपालमा कोरोना संक्रमणको दर र मृत्युदर अत्याधिक बढ्न थालेपछि हामीले जनस्वास्थ्यविद्लाई संक्रमण कति माथिसम्म पुग्ला भनेर प्रश्न सोधेका थियौँ । जनस्वास्थ्यविद डा. बाबुराम मरासिनी कोरोना संक्रमण दर १० हजारभन्दा माथि नपुग्ने बताउँछन् ।

उनी भन्छन्, ‘सामान्यतया लकडाउन सुरु भएको १० दिनपछि संक्रमण दर घट्न थाल्नुपर्ने हो । तर, यसपटकको संक्रमण तीब्र गतिको भएको र पहिले नै संक्रमित भएकाहरुमा लक्षण देखिन र ठीक हुन पनि दुई साता लाग्ने भएकाले नघटेको जस्तो देखिएको हो । अब बिस्तारै घट्न थाल्छ । एक वा दुई दिनमै संक्रमणमा कमी आउन सक्छ​ जनस्वास्थ्यविद् मरासिनी संक्रमणदर सगरमाथामै पुगिसकेको भन्दै अब यो भन्दा खासै माथि नजाने दाबी गर्छन् । उनका अनुसार अझै एक वा दुई दिन संक्रमण बढ्न सक्नेछ र अधिकतम दैनिक १० हजारसम्म संक्रमित बन्न सक्नेछन् । तर, त्योभन्दा माथि जाने ठाउँ छैन र विस्तारै संक्रमणदर घट्न थाल्ने छ ।

यसपटकको संक्रमणको गति बढेको भए पनि लक्षण भने कमैलाई मात्र देखिएको मरासिनीको भनाइ छ । उनका अनुसार पहिले नै खोप लगाएकाहरु र पहिले नै संक्रमित बनिसकेकाहरुलाई यसपटक धेरैलाई लागेको छैन भने लागेकालाई पनि खासै असर गरेको छैन । तर, घरभित्रै बसेकामध्ये पहिले परिवारका एकाध सदस्यलाई मात्रै संक्रमण देखिएकामा अहिले करिब–करिब सबैलाई संक्रमण देखिएको हुनाले संक्रमणको गति तीब्र रहेको मरासिनीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको बेग्लै दाबी

जनस्वास्थ्यविद् डा. मरासिनीले कोरोनाको संक्रमण उच्च विन्दुमा पुग्न लागेको र अब ओरालो लाग्ने विश्लेषण गरिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाहिँ संक्रमण अझै थप भयावह हुने विश्लेषण सुनाएको छ ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले संक्रमण उच्चविन्दुमा पुग्ने क्रम अझै जारी रहेको बताएका छन् । मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले नेपालमा संक्रमण उच्चविन्दुमा पुग्ने क्रम जारी रहेको सुनाए । अहिले अक्सिजनको माग अत्यधिक बढेकाले मागअनुसार पु¥याउन नसकेको मन्त्री त्रिपाठीको भनाइ छ ।

नेपालले असार मसान्तसम्म पनि संक्रमण उच्च गतिमा बढ्ने यस अघि नै प्रक्षेपण गरे पनि कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । यसअघि सरकारले असारसम्म दैनिक ११ हजार कोरोना संक्रमित पुष्टि हुने लक्ष्य प्रक्षेपण गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका बरिष्ठ जनस्वास्थ्यविद् तथा सल्लाहकार डा।रोशन पोखरेलका अनुसार, वर्तमान समयको कोरोना संक्रमण दर अबको ४५ दिनपछि ‘पिक’ मा पुग्ने आँकलन गरेको थियो । तर, मन्त्रालयले आकलन गरेभन्दा तीव्र गतिमा संक्रमण बढेका एउटा मन्त्रालय वा निकायले मात्रै धान्न नसक्ने उनले बताए ।

संक्रमण बढ्नुका ४ कारण

मरासिनीका अनुसार यसपटक संक्रमण बढ्नुका ४ कारण छन् । तीमध्ये राजनीतिक दलको सभा र सम्मेलन तथा वायु प्रदूषण प्रमुख कारण हुन् । त्यसैगरी चाडपर्वको समय भएकाले पनि संक्रमणको दर बढेको र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समयमै अध्ययन गर्न नसक्दा संक्रमण फैलिएको मरासिनीको विश्लेषण छ ।

राजनीतिक गतिविधि स्यसपटक राजनीतिक दलहरुले विभिन्न नाममा सभा र सम्मेलन गरेका कारणले संक्रमण बढेको मरासिनीको आरोप छ । वीरगञ्जदेखि काठमाडौंसम्म आवत–जावत हुने गरेका कारण वीरगञ्जको संक्रमण काठमाडौं र काठमाडौंको संक्रमण वीरगञ्ज लगायतका क्षेत्रमा पुगेको उनी बताउँछन् । विभिन्न राजनीतिक दलका भेला, सभा र सम्मेलनका कारण पनि यसपटक संक्रमण बढी भएको हो ।

वायु प्रदूषण स् यसपटक संक्रमण दर तीब्र हुनुको अर्को कारण वायु प्रदूषण पनि रहेको मरासिनी बताउँछन् । पहिले पनि जहाँ–जहाँ वायु प्रदूषण बढी थियो, त्यो स्थानमा संक्रमण दर बढी भएको भन्दै अहिले पनि नयाँ दिल्ली, काठमाडौं लगायतका स्थानमा संक्रमण दर बढ्नुको कारण वायु प्रदूषण र चिसो मौसम कारक रहेको उनको विश्लेषण छ ।

चाडपर्व र जात्रा स्मरासिनीका अनुसार यसपटक संक्रमण दर बढ्नुको अर्को कारण फागुपूर्णिमा लगायतका चाडपर्व र जात्राहरू पनि हुन् । यसपटक बाहिर फागु खेल्न नदिए पनि टोल र छिमेकमा विना मास्क फागु खेल्ने गरेका कारण संक्रमण बढ्न पुग्यो । त्यसैगरी केही जात्राहरूका कारण पनि संक्रमण बढी भयो । जात्राको उचित व्यवस्थापन गर्न नसक्दा त्यसले संक्रमण बढायो ।

इपिडिमियोलोजीको अपरिपक्वता स् यसपटक संक्रमण बढ्नुको अर्को कारण स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अपरिपक्वता पनि रहेको मरासिनी बताउँछन् । उनका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पहिले नै अध्ययन र अनुसन्धान गरी संक्रमणको स्तर, गति, कारक आदि बारेमा सरकारलाई पहिले नै जानकारी दिनुपर्ने थियो । तर, उक्त निकायले राम्रोसँग काम गर्न नसकेकै कारण संक्रमण बढेको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार