२०८३ भदौ ६ गते शनिवार | August 22, 2026

गृहपृष्ठ नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ३ हजार ४७९ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ९१ जना र ११ देखि २० वर्षका २५७ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ७१० जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ६९० जना रहेका छन् । ४१ देखि ५० वर्षका ४९७, ५१ देखि ६० वर्षका ३७५ जना, ६१ देखि ७० का २३३ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १०७ जना, ८० देखि माथिका ५५ जना र उमेर नखुलेका ९ जना रहेका छन् । अहिले देशभर १ हजार ४८२ जना आईसीयूमा र ३८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ६ हजार ६ सय ३६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४ लाख ९१ हजार ९ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९९ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ७ हजार ८९८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार