२०८३ भदौ ६ गते शनिवार | August 22, 2026

गृहपृष्ठ आज नेपालमा कोरोना संक्रमण हुने भन्दा निको हुने दोब्बर

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ६ हजार ६ सय ३६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४ लाख ९१ हजार ९ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९९ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ७ हजार ८९८ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार