२०८३ भदौ ९ गते मंगलवार | August 25, 2026

गृहपृष्ठ हेर्नुहोस नेपालका यी ४३ जिल्लामा छन् अझै पाँच सयभन्दा बढी सक्रिय संक्रमित

हेर्नुहोस नेपालका यी ४३ जिल्लामा छन् अझै पाँच सयभन्दा बढी सक्रिय संक्रमित

नेपालका ४३ जिल्लामा पाँच सयभन्दा बढी र १५ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ जना पुगेको छ । त्यस्तै देशभर संक्रमणबाट ८ हजार ५०६ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिराहा, सलार्ही र महोत्तरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, दोलखा, नुवाकोट, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशको कास्की, तनहुँ, नवलपरासी पूर्व र गोरखा, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, रोल्पा र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर, अछाम, डडेलधुरा, डोटी र बैतडीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन् । त्यसैगरी, देशभर ५१५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, प्रदेश १ को पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ र उदयपुर, प्रदेश २ को कुनै पनि जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छैनन् । बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दीमा र लुम्बिनी प्रदेशको गुल्मी र अर्घाखाँची जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशको सल्यान र रुकुम पश्चिममा दुई भन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार