२०८३ भदौ ९ गते मंगलवार | August 25, 2026

गृहपृष्ठ युरोकप:रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सानदार सुरुवात

युरोकप:रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सानदार सुरुवात

एजेन्सी । साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । राफायल गुइरेरोको नाममा एक गोल रह्यो ।

हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले गरेको ९ गोलको कीर्तिमान तोडेका हुन् ।

३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् । यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बने ।

जितसँगै समूह ‘एफ’ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार