२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ हेर्नुहोस कोरोना संक्रमणबाट नेपालमा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

हेर्नुहोस कोरोना संक्रमणबाट नेपालमा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म ८ हजार ९४५ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका ३८ जना र १० देखि १९ वर्षका ४४ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका २५८ जना रहेका छन् । ३० देखि ३९ वर्षका नागरिक ७४५ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ३१३ र ५० देखि ५९ वर्षका १ हजार ७६३ जना रहेका छन् ।

कोभिड-१९ को संक्रमणबाट हालसम्म ज्यान गुमाउनेहरु ६० वर्षभन्दा माथिका रहेका छन् । हालसम्म ६० वर्ष भन्दा माथिका ४ हजार ७ सय ८४ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल देशभर ३७३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै अहिले देशभर ७१४ जना आईसीयूमा र २०१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार