२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ नेपालमा आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्लाअनुसार विवरण

नेपालमा आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्लाअनुसार विवरण

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा मात्र २ हजार ४७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४५ हजार ७ सय ९४ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ को भोजपुरमा २, धनकुटामा १२, इलाममा २, झापामा ४७, खोटाङमा ३, मोरङमा ९७, ओखलढुंगामा १, पाँचथरमा २८, संखुवासभामा ११, सोलुखुम्बुमा १, सुनसरीमा ९४, ताप्लेङमा ३ र उदयपुरमा २ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को बारामा ९, धनुषामा ११, महोत्तरीमा ६, रौतहटमा ३, सप्तरीमा १४, सिरहामा २ र सर्लाहीमा ३१ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र ३०८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सिन्धुपाल्चोकमा ४४, काभ्रेपलाञ्चोकमा १४, ललितपुरमा ७६, भक्तपुरमा ४३, नुवाकोटमा ५, रसुवामा १, धादिङमा ८, सिन्धुलीमा १३, रामेछापमा २२, दोलखामा २, मकवानपुरमा ४० र चितवनमा ३६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको बागलुङमा १३, गोरखामा २९, कास्कीमा २३३, लमजुङमा ३४, म्याग्दीमा १८, पर्वतमा २५, स्याङजामा ३५, तनहुँमा १२५ र नवलपरासी पूर्वमा २० जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, बाँकेमा ४, बर्दियामा १५, दाङमा ५, गुल्मीमा ५३, कपिलवस्तुमा ८, पाल्पामा ३, रोल्पामा २, रुपन्देहीमा २३, रुकुम पूर्वमा ३ र नवलपरासी पश्चिममा ९ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा १५, जुम्लामा ७, सल्यानमा १, सुर्खेतमा १० र रुकुम पश्चिममा १ जनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको बैतडीमा १, डडेलधुरामा २, डोटीमा ४, कैलालीमा २३ र कञ्चनपुरमा ४ जनामा कोरोना भेटिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार