२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ हेर्नुहोस नेपालमा आज शुक्रबार कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस नेपालमा आज शुक्रबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ४७६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ४९ जना र ११ देखि २० वर्षका १६० जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४०० जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ३६७ जना रहेका छन् । ४१ देखि ५० वर्षका २६९, ५१ देखि ६० वर्षका २४१ जना, ६१ देखि ७० का १५० जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ६२ जना, ८० देखि माथिका १९ जना र उमेर नखुलेका ४ जना रहेका छन् । अहिले देशभर ७१४ जना आईसीयूमा र २०१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार