२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपालमा बढ्यो कोरोना संक्रमण, मृत्युदर भने घट्यो

नेपालमा बढ्यो कोरोना संक्रमण, मृत्युदर भने घट्यो

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जना कोभिड १९ संक्रमित थपिएका छन् । १० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जनामा र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण देखिएको हो ।

यस्तै, २ हजार १९७ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप १६ जनाको मृत्यु भइसकेको छ । देशभर हालसम्म कोभिड १९ संक्रमणका कारण ९ हजार ६९५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार