गृहपृष्ठ रुपन्देहीमा प्रहरी निरीक्षक खत्री सहित तीन जना उत्कृष्ट प्रहरी घोषित
रुपन्देहीमा प्रहरी निरीक्षक खत्री सहित तीन जना उत्कृष्ट प्रहरी घोषित
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अषाढ महिनामा उत्कृष्ट कार्य सम्पादन गरेका तीन प्रहरी युनिट इन्चार्जलाई सम्मान सहित पुरस्कृत गरेको छ ।
उच्च इन्टीग्रिटी अंक प्राप्त गरी अषाढ महिनाको इन्टीग्रिटी इन्चार्ज अफ द मन्थको रुपमा ईलाका प्रहरी कार्यालय मझगावा, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी चौकी चनौलिबगाह, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक पवन जि.सी. र प्रहरी चौकी सुक्रौलिआमा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप आलेलाई बेष्ट इन्टीग्रिटी इन्चार्जबाट सम्मानीत भएका हुन ।
जिल्ला प्रहरी कार्यालयले दिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च अंक प्राप्त गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरेकोले उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी केसीले बताए ।
स्वच्छता र इमान्दारिता कार्यान्वयन गराउनका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखको योजना अनुसार बेष्ट इन्टीग्रिटी इन्चार्जबाट उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई उच्च इन्टीग्रिटी अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गर्ने गरिएको छ ।
हरेक महिना निरन्तर पुरस्कृत र सम्मान गर्ने एसपी केसीको योजना छ । पुरस्कृत हुनेहरुलाई जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रम आयोजना गरि कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले पुरस्कार प्रदान गरेका हुन ।






