गृहपृष्ठ नेपालमा आज आइतबार थप यति जनामा कोरोना पुष्टि, थप यति जनाले गुमाए ज्यान
नेपालमा आज आइतबार थप यति जनामा कोरोना पुष्टि, थप यति जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । १० हजार ५६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जनामा र ३ हजार २६५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण देखिएको हो ।
यस्तै, २ हजार ५० जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप १८ जनाको मृत्यु भइसकेको छ । देशभर हालसम्म कोभिड-१९ संक्रमणका कारण ९ हजार ७१३ जनाको मृत्यु भइसकेको छ ।





