गृहपृष्ठ नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार २३७ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३८ जना र ११ देखि २० वर्षका २१६ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३८४ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ३२९ जना रहेका छन् । ४१ देखि ५० वर्षका २३४, ५१ देखि ६० वर्षका १३६ जना, ६१ देखि ७० का ९१ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ८६ जना, ८० देखि माथिका २३ जना र उमेर नखुलेका २ जना रहेका छन् । अहिले देशभर ६६६ जना आईसीयूमा र १६८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





