गृहपृष्ठ पछिल्लो २४ घण्टामा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?
पछिल्लो २४ घण्टामा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका कसैको ज्यान गुएको छैन् । त्यस्तै १० देखि १९ वर्षसम्मका कसैले पनि ज्यान गुमाएका छैनन् ।
त्यस्तै, आज २० देखि २९ वर्ष सम्मका कसैको पनि ज्यान गएको छैन् । ३० देखि ३९ वर्षका १ जनाले ज्यान गुमाएका छन् । ४० देखि ४९ वर्षका २ जना र ५० देखि ५९ वर्षका १ जना रहेका छन् ।
कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा धेरै ६० वर्षभन्दा माथिका रहेका छन् । ६० वर्ष भन्दा माथिका १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ३७५ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै अहिले देशभर ६७७ जना आईसीयूमा र १६९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ पुगेको छ ।





