२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ नेपालमा आज सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार विवरण

नेपालमा आज सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार विवरण

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ जना पुगेको छ । गत २४ घण्टामा मात्र ३ हजार १२५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ को भोजपुरमा १, धनकुटामा २२, इलाममा ६, झापामा ४६, खोटाङमा ४, मोरङमा १३५, ओखलढुंगामा ४, पाँचथरमा ३, संखुवासभामा ३, सोलुखुम्बुमा २, सुनसरीमा ११६, तेहथुममा २ र उदयपुरमा ६ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को बारामा १, धनुषामा ३, महोत्तरीमा १, पर्सामा २, रौतहटमा ५, सप्तरीमा ६, सिरहामा ७ र सर्लाहीमा १ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र ५५६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सिन्धुपाल्चोकमा २६, काभ्रेपलाञ्चोकमा १०७, ललितपुरमा ११५, भक्तपुरमा ९९, नुवाकोटमा ३४, रसुवामा ४, धादिङमा ३६, सिन्धुलीमा १५, रामेछापमा ४५, दोलखामा ३६, मकवानपुरमा १३६ र चितवनमा ९० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको बागलुङमा १३२, गोरखामा २८, कास्कीमा १७४, लमजुङमा १०, म्याग्दीमा १३, पर्वतमा १७, स्याङजामा १७, तनहुँमा ८ र नवलपरासी पूर्वमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, बाँकेमा १५, बर्दियामा ६, दाङमा १५, गुल्मीमा १०, कपिलवस्तुमा ६, पाल्पामा १७, रोल्पामा १, रुपन्देहीमा ४२ र नवलपरासी पश्चिममा १६ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा २, जाजरकोटमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको बैतडीमा ४, डडेलधुरामा ६, दार्चुलामा २, कैलालीमा ३३ र कन्चनपुरमा १० जनामा कोरोना भेटिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार