२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ सिद्धबाबा सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु , २ जना घाइते

सिद्धबाबा सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु , २ जना घाइते

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्डमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो हेडवर्क्समा पुग्दा गाडिमाथि पहिरो खसेको थियो ।

सोमबार साँझ ७ बजेतिर भएको घटनामा अन्दाजी २२ बर्षका चालकको मृत्यु भएको प्रहरीले बताएको छ । अन्य दुई जना सामान्य घाइते भएका छन् ।

शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । मृतकका आफन्तलाई बोलाएर सनाखत गर्ने काम भइरहेको दोभान प्रहरीले जनाएको छ । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार