२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ फेरि बढ्न थाल्यो नेपालमा कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो

फेरि बढ्न थाल्यो नेपालमा कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पिसिआर र ५ हजार ५१८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पिअिसार परीक्षण गर्दा २ हजार ५६६ र एन्टीजेन परीक्षण गर्दा ८८५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार ४५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ३६ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३३५ भने ७९५ जना आइसियुमा र १९७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार