२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ हेर्नुहोस आज सोमबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस आज सोमबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार ४५१ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५० जना र ११ देखि २० वर्षका २०३ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ६१४ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ५६३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ४४७, ५१ देखि ६० वर्षका ३३८ जना, ६१ देखि ७० का १७९ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ११९ जना, ८० देखि माथिका ४५ जना रहेका छन् । त्यस्तै ८ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ७९५ जना आईसीयूमा र १९७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार