२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ कोरोना भाइरस : बच्चालाई किन हुन्छ कम संक्रमण ?

कोरोना भाइरस : बच्चालाई किन हुन्छ कम संक्रमण ?

कोरोना भाइरस संसारभर महामारीका रुपमा फैलिएको छ । कोरोनाको संक्रमणको डरले विश्वभरका मानिस घरभित्रै बस्न बाध्य छन् । लाखौंको संख्यामा संक्रमण र हताहती भइसक्दा पनि यो भाइरसले अहिलेसम्म बच्चालाई आफ्नो शिकार बनाएको छैन । अनुसन्धान अनुसार बच्चामा कोरोना भाइरसको संक्रमणको खतरा कम हुने देखिएको छ ।

के बच्चामा संक्रमण हुन सक्छ ?
बच्चामा पनि कोरोना भाइरसको संक्रमण हुन सक्छ तर वयस्क र वृद्धवृद्धालाई भन्दा कम मात्रामा बच्चामा संक्रमण हुने गरेको छ । चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (चाइनिज सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सन) ले करिब ७२ हजार ३ सय १४ मा कोभिड-१९ संक्रमितको तथ्यांक संकलन गरेको थियो । जसमा २ प्रतिशत मात्रै १९ वर्ष भन्दा कम उमेरका किशोर किशोरी थिए ।

त्यसैगरी अमेरिकाले ५ सय ८ जना कोरोना संक्रमित बिरामीमा अध्ययन गरेकोमा एउटा पनि बच्चाको मृत्यु नभएको पाइयो । बाल चिकित्सकका अनुसार कोरोना भाइरस एक मानिसबाट अर्को मानिसमा फैलने गर्छ । किनभने वयस्क मानिस बाहिर जाने, मानिससँग भेटघाट बढी मात्रामा गर्ने हुँदा उनीहरु कोरोना भाइरसको सिकार हुने गर्छन् ।

अहिले सबै मानिस घरमै छन् । आ-आफ्ना बच्चासँग समय बिताएका छन् । तर पनि कोरोना संक्रमण भएर अहिलेसम्म कम उमेरका एक जना पनि बच्चाको मृत्यु भएको छैन । चिकित्सक भन्छन्, ‘अहिलेसम्म उनीहरुको मात्र कोरोना भाइरसको टेस्ट गरिएको छ, जसलाई कोरोनाका लक्षणहरु देखा परेका छन् । यसमा बच्चाको संख्या निकै न्यून छ ।’ बच्चामा संक्रमण भए पनि अहिलेसम्म लक्षण देखा नपरेको पनि हुन सक्ने चिकित्सको अनुमान छ ।

कोरोना भाइरसले कसरी बच्चालाई आक्रमण गर्छ ?
अहिलेसम्म जति पनि अनुसन्धान भएका छन्, त्यसमा वयस्कको तुलनामा बच्चामा कोरोना भाइरसको संक्रमण कम भएको देखिएको छ । बच्चाहरुमा लक्षणहरु पनि कम मात्रमा देखिने गरेका छन् ।

कोरोना भाइरसको संक्रमित बच्चामा गरिएको अनुसन्धानमा के देखिन्छ भने संक्रमितमध्ये आधा बच्चालाई सामान्य लक्षण देखिने गर्छ । जस्तैः ज्वरो आउने, खोकी लाग्ने र घाँटी पोल्ने, नाकबाट सिँगान बग्ने, शरीरमा दुखाइ महसुस हुने । एक तिहाइ बच्चामा निमोनिया हुने, श्वास फेर्न गाह्रो हुने, बारम्बार ज्वरो आउने देखिएको छ । श्वास फेर्न गाह्रो हुने लक्षण धेरै कम बच्चामा मात्र देखिने गर्छ ।

बेलायतको साउथह्याम्पटन युनिभर्सिटीका बालरोग विशेषज्ञ डा. ग्राहम रोर्बटसले भनेका छन्, ‘कोभिड-१९ को भाइरस बच्चाको फोक्सोमा नगएर नाक, मुख, घाँटीमा बस्ने भएकाले खोकी लाग्ने, घाँटी दुख्ने जस्ता सामान्य लक्षण देखिने गर्छन् ।’ त्यसैले पनि बच्चालाई वयस्यलाई जस्ता लक्षण नदेखिएको हो । जसले गर्दा बच्चा कोेरोना भाइरसको संक्रमणबाट मृत्युको सिकार नभएका हुन् ।

बच्चामा किन कम संक्रमण देखियो ?
डा. ग्राहम रोर्बटका अनुसार नयाँ भाइरस भएकोले अनुसन्धानकै क्रममा रहेको छ । अहिलेसम्म जति पनि अनुसन्धान भएका छन्, त्यसलाई आधार मान्ने हो भने कोरोना भाइरस शरीरमा पसेर आफ्ना असर देखाउन अर्थात् सक्रिय हुनको लागि एन्जियोटेनसिन कन्भर्टिग एन्जाइम २ एसिआई (२) हुन जरुरी हुन्छ ।

साथै बच्चामा लेवर एयरवेज अर्थात् फोक्सोमा एसिआई (२) अपर एयरवेज अर्थात् नाक मुख र घाँटीमा भन्दा कम हुन्छ । त्यही कारणले बच्चामा कोरोना भाइरसले मुख, नाक, घाँटीमा बढी असर देखाउने गर्छ । अर्को कारण भनेको बच्चामा रोग प्रतिरोधात्मक क्षमता दिन प्रतिदिन बढ्दै जाने गर्छ ।

स्कुल जाने साना बच्चाको कुरा गर्ने हो भने उनीहरु श्वासप्रश्वास सम्बन्धी विभिन्न भाइरसबाट जुध्ने गर्दछन् र उनको शरीरमा स्वतः रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छन् । केही हदसम्म बच्चाको रोग प्रतिरोधात्मक क्षमता वयस्क मानिसको भन्दा बढी हुने गर्छ ।

हाम्रो शरीरभित्र कुनै पनि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने क्षमता हुन्छ । यसलाई ‘साइटोकाइन स्ट्रोम’ भन्ने गरिन्छ । त्यसैले बच्चामा कोरोना संक्रमित भए पनि वयस्कको जस्तो अवस्था आउँदैन । तर धेरै अनुसन्धानकर्ता यो विचारसँग सहमत भने छैनन् ।

के बच्चामा भएको भाइरस अरुमा सर्न सक्छ ?
कोरोना भाइरस एक व्यक्ति अर्कोको सम्पकमा आउँदा फैलने गर्छ । यदि कोही संक्रमित बच्चा बिरामी नभएको मानिसको सम्पर्कमा गयो, खुला हाछ्युँ ग¥यो वा खोक्यो भने मुखबाट निस्केको भाइरस अन्य मानिसमा फैलने गर्छ । यस्तो अवस्थामा बच्चाबाट सबैभन्दा बढी संक्रमित उसका परिवार हुने गर्दछन् ।

विज्ञहरु भन्छन्, ‘कोरोना भाइरसले बच्चाहरुलाई त्यति असर गर्दैन जति ठूलो मान्छेलाई गर्छ ।’ यो भाइरसले बिरामी र वृद्धवृद्धाहरुको ज्यान लिन पनि सक्छ । कोरोना मात्र होइन, अन्य भाइसरहरुले पनि बच्चालाई कम क्षति गर्छ । तर बच्चाबाट वयस्कमा भने सर्ने गर्छ ।

उदाहरणको लागि स्वाइनफ्लुको भाइरस बच्चाको लागि त्यति घातक थिएन, जति गर्भवती र वृद्धवृद्धालाई थियो । बच्चामा रोगका लक्षणहरु राम्रोसँग देखा पर्दैनन्, त्यसैले उनीहरुलाई राम्रोसँग परीक्षण पनि गरिँदैन । जसले गर्दा बच्चाबाट अन्य मानिसमा संक्रमण फैलिन्छ ।

के कोभिड–१९ उमेर अनुसार लक्षण देखाउँछ ?
चीनमा गरेको अनुसन्धानको तथ्यांक हेर्ने हो भने काखको बच्चालाई अन्य बच्चाको तुलनामा कोेरोना भाइरसको संक्रमण बढी हुने गर्छ । काखको बच्चाको रोग प्रतिरोधात्मक क्षमता खेलकुद गर्ने बच्चा भन्दा निकै कम हुने गर्छ ।

के नवजात शिशु पनि कोरोना भाइरसको सिकार हुन सक्छन् ?
कोरोना भाइरसबाट लन्डन र वुहानमा नवजात शिशुमा देखिएको खबर आएका छन् । अहिलेसम्म नवजात शिशु पेटभित्रै संक्रमित थिए वा जन्मिसकेपछि संक्रमित भएका हुन् भन्ने कुरा पत्ता लागिसकेको छैन । किनभने दुवै जना नवजात शिशुका आमाहरु कोरोना भाइरस पोजेटिभ थिए ।

के कोरोना भाइरसले गर्भ भित्रको बच्चालाई संक्रमित गर्न सक्छ ?
अध्ययन अनुसार यो संक्रमणको सम्भावना कम देखाएको छ । तर कोरोना भाइरस एक्युट रेस्पिरेटरी सिम्ड्रोम (सार्स) र मिडिल रेस्पिेरेट्री (मर्स) सिन्ड्रोमबाट उत्पन्न हुन्छ । त्यही कारणले गर्दा गर्भमा भएको बच्चलाई पनि प्रभावित पार्न सक्छ ।

यसको कारणले गर्भपतन पनि हुन सक्छ र बच्चाको विकासमा पनि असर गर्न सक्छ । साथै समयभन्दा पहिले बच्चा जन्मिन सक्छन् । तर अहिलेसम्म यस्तो कुनै पनि घटना भएको छैन । अहिलेसम्म गरेको अनुसन्धान पनि थोरै अध्ययनमा मात्र गरिएको हो ।

परिवारले बच्चालाई कोरोना संक्रमित हुन नदिन के गर्ने ?
आफ्नो हात राम्रोसँग धुने, सामाजिक दूरी कायम गर्ने र आफ्नो वरिपरिको वातावरण संक्रमित हुनबाट बचाउने गर्नाले हामी कोरोना भाइरसबाट बच्न सक्छौँ । यदि केही चिज छोएका छौं भने पनि हातले मुख, नाक, आँखामा छुँनु हुँदैन । आफूले पनि हात धुने र बच्चालाई पनि हात धुन सिकाउनु पर्छ ।

परिवारका वृद्धवृद्धा र बिरामीबाट बच्चालाई संक्रमित हुनबाट कसरी बचाउने ?
पहिलो कुरा रोग लाग्नबाट बचाउन नियमित सामाजिक दूरी कायम गर्नु नै एक मात्र तरिका हो । त्यसैले बच्चालाई वृद्धवृद्धा र बिरामीबाट टाढा राख्नु नै दुवैका लागि राम्रो कुरा हो ।

के कोभिड-१९ बारेमा बच्चासँग कुरा गर्न जरुरी छ ?
यो परिवारको कर्तव्य हो कि विश्वमा फैलिएको महामारीको बारेमा आफ्नो बच्चालाई जानकारी गराउने । बच्चालाई यो रोग कति खतरानाक छ भन्ने कुरा बताउनुपर्छ । यसबाट कसरी बच्न सकिन्छ र यो रोग लागेपछि देखिने लक्षणको बारेमा बच्चालाई बताउनुपर्छ । ताकि यदि उनीहरुलाई यस्ता लक्षण देखापरे आफैंले मलाई यस्तो भयो भनेर बताउन सकुन् । स्रोत बिबिसी

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार