२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ नेपालमा कोरोना संक्रमणका साथै घट्यो मृत्युदर

नेपालमा कोरोना संक्रमणका साथै घट्यो मृत्युदर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९४. ८ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार