गृहपृष्ठ प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित
प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित
काठमाडौं : प्रतिनिधिसभाको बैठक बुधबार दोस्रो पटक स्थगित भएको छ । पहिलो बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि बसेको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुखले पुनः १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।





