२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ नेपालमा आज शनिबार घटे कोरोना संक्रमित, एक हजार भन्दा कम भेटिए

नेपालमा आज शनिबार घटे कोरोना संक्रमित, एक हजार भन्दा कम भेटिए

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गरि कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार