२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ लोहरौली देखि गेरमा सडकखण्डमा ग्राबेल खसाल्ने काम सुरु

लोहरौली देखि गेरमा सडकखण्डमा ग्राबेल खसाल्ने काम सुरु

ज्ञानेश्वर सहानी/नवलपरासी/२६ भाद्र । पश्चिम नवलपरासी जिल्ला को पाल्हीनन्दन गाउँपालिकाको लोहरौली देखि गेरमा सिमानाका सम्म जोड्ने सडकमा खाल्डाखुल्डी भएको सडकमा ग्राबेल खसाल्ने काम सुरु भएको छ ।

परासी देखि गेरमा सडक खण्डमा बस , कार , टिप्पर , अटो रिक्सा , मोटरसाइकल , साइकल र पैदलबाट करिब ५ सय देखि हजार भन्दा बढी मान्छेहरु आउने जाने गर्दछन । गेरमा देखि हुँदै नवलपरासी जिल्लाको सदरमुकाममा जोड्ने सडकमा काम सुरु भएको छ । उक्त सडकमा पल्हीनन्दन गाउँपालिकाले सडकमा ग्राबेल खसाल्ने काम सुरु गरेको बताएको छ ।

सडक दिन प्रतिदिन जीर्ण बन्दै गए पछि पाल्हीनन्दनले ग्राबेल खसाल्ने काम सुरु गरेको गाउँपालिका अध्यक्ष दिपक गुप्ताले जनकारी दिनुभएको छ । सडकको बीचबीच भागमा खाल्डाखुल्डी पानी जमेको देखेपछि गाउँपालिकाले सडकबारे चासो लिएको हो ।

सडक मर्मत सम्भारमा प्रदेश सरकार र केन्द्र सरकारले चासो दिइएको थिएन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मीको समयमा धुलाम्य हुने अनि बर्षाको समयमा सडकको बीच भागमा रहेका खाल्डा खुल्डीमा पानी जमेर सडकमा आवाज जावत गर्न निकै नै समस्या देखेपछि गाउँपालिका अध्यक्ष दिपक गुप्ताले ग्राबेल खसाल्ने काम सुरु गरेको बताए । सम्बन्धित निकायको यहाँ छिटो ध्यानाकर्षण होस, समस्याको समाधान छिटो भन्दा छिटो होस र उक्त सडक हिड्दा दु:ख पाइरहेका स्थानीयले कुनै सास्ती बेहोर्न नपरोस ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार