गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप ५९१ जनामा संक्रमण पुष्टि,थप यति जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा नेपालमा थप ५९१ जनामा संक्रमण पुष्टि,थप यति जनाले गुमाए ज्यान
काठमाडौं,१ कात्तिक । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।












